Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ महानगरका अस्पतालमा देशभरिका विपन्न असहाय बिरामीले पाउँछन् निशुल्क सेवा, के के चाहिन्छ कागजात ?

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, ०९ : १६ मा प्रकाशित

काठमाडौँ महानगरका अस्पतालमा देशभरिका विपन्न असहाय बिरामीले पाउँछन् निशुल्क सेवा, के के चाहिन्छ कागजात ?

देशभरको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आए निशुल्क उपचार सेवा पाइने मेयर बालेनले जनाएका छन् ।

काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ अनुसार काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पतालहरुले विपन्न, असहाय र बेवारिसे नागरिकहरुलाई कुल शैयाको १० प्रतिशत निर्धारण गरि बिरामीलाई लाग्ने सम्पुर्ण उपचार खर्च निःशुल्क गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ । नेपाल सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० घ मा समेत सो सम्बन्धि व्यवस्था गरिएको हुँदा नेपाल भरका उक्त वर्गमा पर्ने नागरिकहरुलाई कामपा क्षेत्र भित्रका अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहूँच योग्य र पारदर्शी बनाउने उद्देश्यले महानगरले अनलाइन प्रणालीको विकास गरेको छ ।

निशुल्क उपचार सेवा लिनका लागि बिरामीले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजात/ परिचय पत्र, राष्ट्रिय परिचयपत्र वा नेपाली नागरिकता प्रमाण पत्र वा जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो उपलब्ध गराउनुपर्नेछ । यसैगरी रोग पहिचान भए सोको कागजपत्र, सम्बन्धीत स्थानीय तहको वडा कार्यालयले वडाले लक्षित वर्ग हो भनी सर्जमिन गरेको कागज र सिफारिस गरेको पत्र पनि आवश्यक पर्ने जनाइएको छ ।

आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, बिपन्न तथा वेवारिसे विरामिलाई प्रारम्भिक स्वास्थ्य उपचार निशुल्क प्रदान गर्नु पर्ने पनि जनाइएको छ । थप जानकारी ११८० नम्बरमा फोन गरि वा काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गरि लिन सकिने पनि मेयर बालेनले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको