Like us!
Follow us!
Connect us!
Watch us!

तेस्रो लगानी सम्मेलन सुरु हुँदै, १५० आयोजना सोकेसमा

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, ०७ : १७ मा प्रकाशित

तेस्रो लगानी सम्मेलन सुरु हुँदै, १५० आयोजना सोकेसमा

आज देखि तेस्रो लगानी सम्मेलन सुरु हुँदै छ। काठमाडौंको सोल्टी होटेलमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ। 

इमर्जिङ इन्भेष्टमेन्ट समिट २०२४ नाम दिइएको लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १६ सय जना सहभागी हुंदैछन् भने नेपालबाट २ सय प्रतिनिधी सहभागी हुने भएका छन् । 

झण्डै ५ वर्षपछि हुन् लागेको सम्मेलनमा विभिन्न ५५ वटा देशका लगानीकर्ताहरुले सहभागिता जनाउने बताइएको छ। सम्मेलनमा एक सय ५० आयोजना सोकेसमा राखिँदैछन् ।

सम्मेलन स्थलमा २३ वटा प्रदर्शनी कक्ष रहनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् । जसमा स्थानीय, प्रदेश, संघका ११९ परियोजना रहेका छन् भने निजी क्षेत्रमा ३१ परियोजना रहेका छन्। सो सम्मेलनमा ९ खर्ब बराबरको परियोजना प्रस्तुत गरिनेछ।

पहिलो दिन आज उदघाटन सत्र रहेको छ । त्यस्तै दोस्रो दिन सोमबार ११ समानान्तर सत्र सञ्चालन हुनेछन् । दुई दिन चल्ने सो सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछ। सम्मेलनमा यातायात, खानी तथा खनिज, पर्यटन, स्वास्थ्य, शिक्षा, उर्जा, उत्पादन, लगायतका विभिन्न क्षेत्रका परियोजनाहरु समावेश गरिने तय भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको