Like us!
Follow us!
Connect us!
Watch us!

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य ,चाँदीको कति ?

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, १० : ५९ मा प्रकाशित

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य ,चाँदीको कति ?

नेपाली बजारमा बुधबार सुनको  बढेको छ  । सुनको मूल्य बुधबार ५ सय रुपैयाँले बढेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन १ लाख ३६ हजार रुपैयाँमा कारोबार भैरहेको छ  । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन १ लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भएको थियो ।

यस्तै,  बुधबार चाँदी १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलाको १० रुपैयाँ घटेको हो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको