Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावर कम्पनी घाटामा, विद्युत बिक्रीबाट एक रुपैंया पनि किन आम्दानी भएन ? कस्तो छ कारण

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, ०८ : ०३ मा प्रकाशित

पाँचथर पावर कम्पनी घाटामा, विद्युत बिक्रीबाट एक रुपैंया पनि किन आम्दानी भएन ? कस्तो छ कारण

पाँचथर पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनी घाटामा 

पाँचथर पावर कम्पनी लिमिटेड घाटामा रहेको छ। कम्पनी चालु आर्थिक वर्षको पहिलो नै महिनामा १२ करोड ५ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म भने कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।  

किन आयो यस्तो अवस्था ?
कम्पनीका अनुसार यस आयोजनाबाट उत्पादीत विद्युत विगत भन्दा यस त्रैमासमा आषाढ महिनामा आएको वाढीले आयेजनालाई क्षति पुयाएकोले आयोजना आषाढ देखि बन्द रहेको जनाएको छ।  आयोजना पुन निर्माण तथा मर्मत कार्य भईरहेको हुँदा आम्दानी हुन सकेको छैन । बाढीले आयोजनाको सिभिल संरचना सहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकल इक्यूपमेण्ट समेतमा क्षति हुन गएकोले आगामि आषाढ मसान्त सम्ममा आयोजना पुनर मर्मत कार्य सक्ने लक्ष्य कम्पनीले लिईएको छ । इलेक्ट्रो मेकानिकल इक्यूपमेण्ट चाइना स्थित एसिया प्यासिफिक पावर टेक कम्पनीबाट एलसि मार्फत सामान आयात भइसकेको छ । 

यस त्रैमासमा आम्दानी लसको विमा बापत दावी गरिएको रकम मध्ये हाल रु. आठ करोड प्राप्त भई सो रकमलाई अन्य आम्दानीमा लेखङ्कन गरिएको छ ।

अरु सूचक र विवरण 

चुक्तापूँजी
९६ करोड २५ लाख रुपैयाँ

रिजर्भ 
१ करोड ७९ लाख रुपैयाँले ऋणात्मक 

प्रतिसेयर आम्दानी(ईपीएस)
०.१३ रुपैयाँले ऋणात्मक

प्रतिसेयर  नेटवर्थ
९८.१३ रुपैयाँ

प्रतिसेयर कुल सम्पत्ति मूल्य 
२६३.२० रुपैयाँ

तरलता अनुपात
०.७६ गुणा      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको