Like us!
Follow us!
Connect us!
Watch us!

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, २१ : ५२ मा प्रकाशित

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजति गरेको छ ।

आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको १६८ रनको लक्ष्य पछाएको पञ्जाव ले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै चेन्नईले २० ओभरमा ९ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।

यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको ११ खेलमा १२ अंक भएको छ । त्यस्तै पञ्जावको भने यो सातौं हार हो । ११ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा आठौं स्थानमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको