Like us!
Follow us!
Connect us!
Watch us!

आज मध्यराति पछि उपनिर्वाचनको प्रचारप्रसार निषेध

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, ०९ : ०३ मा प्रकाशित

आज मध्यराति पछि उपनिर्वाचनको प्रचारप्रसार निषेध

आज बुधबार राति १२ बजेपछि उपनिर्वाचनको प्रचारप्रसार निषेध गरिएको छ ।

निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि भोलि वैशाख १३ गतेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने दिनको ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइदैन । अर्थात आज वैशाख १२ मध्यरातिसम्म निर्वाचन लागि प्रचारप्रसार गर्ने अन्तिम समय रहेको छ ।

मतदान नसकिएसम्म जारी रहने मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचारलगायत अन्य क्रियाकलाप गर्न पाइँदैन । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुन लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको