Like us!
Follow us!
Connect us!
Watch us!

अब परीक्षा केन्द्रहरू स्वचालित विधिबाटै तोकिने

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, ०९ : १९ मा प्रकाशित

अब परीक्षा केन्द्रहरू स्वचालित विधिबाटै तोकिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको छ । 

यस विधिबाट परीक्षा केन्द्र छान्दा परीक्षा केन्द्रसँग सम्बन्धित अनियमितताहरु निरुत्साहित हुने तथा विद्यार्थीहरुको हैरानी पनि कम हुने मन्त्रालयको भनाई छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठका अनुसार हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रको अवस्थितिको आधारमा दूरी निकालिएको थियो ।

मन्त्री श्रेष्ठका अनुसार प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘ऱ्यान्डमाइज’ गरिएको छ भने ओपन सोर्सको मान्यता अनुरुप सफ्टवेयरलाई पारदर्शी रुपमा सार्वजनिक राखिएको छ । ‘गिटहब’मा राखिएको उक्त सफ्टवेयरको प्रक्रिया अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन पनि मन्त्रालयले आव्हान गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको