Like us!
Follow us!
Connect us!
Watch us!

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १८ : १४ मा प्रकाशित

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

युनाईटेड अरब इमिरेट्स (युएई)मा आएको बाढीमा परी एक जना नेपालीको मृत्यु भएको छ ।

आबुधाबीस्थित नेपाली दुतावासका अनुसार युएईमा कार्यरत भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा कार्यरत रहेको खुलेको छ । उनी भिजिट भिसामा युएई पुगेका थिए ।

युएईमा दुई दिनदेखि परेको बर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ । सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको पनि दुतावासले बताएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको