Like us!
Follow us!
Connect us!
Watch us!

क्युआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार,जेठ ३ गतेसम्म सुझाव पेश गर्न राष्ट्र बैंकको आग्रह

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १० : ४८ मा प्रकाशित

क्युआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार,जेठ ३ गतेसम्म सुझाव पेश गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फत हुने अन्तरदेशीय भुक्तानीका लागि क्यूआर कोड लगायतको प्रयोग गरी मोबाइल बैंकिङरइन्टरनेट बैंकिङ तथा अन्तर बैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी मस्यौदा तयार पारेको छ ।  

हाल नेपाल राष्ट्र बैंक, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त अन्य निकायहरुबाट विभिन्न भुक्तानीका उपकरणहरुमार्फत नेपालबाट विदेशमा भुक्तानी गर्न तथा विदेशबाट नेपालमा भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । केन्द्रीय बैंकले मोबाइल बैंकिङ,क्यूआर कोड भुक्तानी र रिटेल पेमेन्टको इन्टिग्रसनका लागि विदेशी संस्थासँग समझदारीपत्र गर्न भने भुक्तानी प्रणालीसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरेको छ ।  

यस्तै विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरु तथा भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमतिप्राप्त संस्थामार्फत हुने अन्तरदेशीय कारोबारको नियमित विवरण बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग र भुक्तानी प्रणाली विभागमा पेश गर्नुपर्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।
बैंकबाट भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमति प्राप्त संस्थाहरुले भुक्तानी सम्बन्धी कारोबार गर्ने विदेशी संस्थासँग गर्ने मोबाइल बैंकिङ, क्यूआर कोड लगायत रिटेल पेमेन्ट उपकरणहरूको प्रयोग र इन्ट्रीगेसनको सम्बन्धमा प्रारम्भिक छलफलको लागि केन्द्रीय बैंककोे स्वीकृति आवश्यक पर्ने छैन । तर, यस बैंकको भुक्तानी प्रणाली विभागलाई सो विषयको पूर्व जानकारी लिखित रूपमा गराउनु पर्ने मस्यौदामा उल्लेख छ । 

अनुमतिप्राप्त संस्थाहरुले मोबाइल बैंकिङ, क्यूआर कोड लगायत रिटेल पेमेन्टको इन्ट्रिग्रेसनको लागि विदेशी संस्थासँग समझदारी पत्र गर्न भने केन्द्रीय बैंकको पूर्व सहमति लिनु पर्नेछ । आगामी जेठ ३ गतेसम्म सुझाव पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको