Like us!
Follow us!
Connect us!
Watch us!

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्र मन्त्री श्रेष्ठ

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, २१ : ०५ मा प्रकाशित

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्र मन्त्री श्रेष्ठ

उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन्। मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृषि मित्रताको पुल निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको व्यापार विस्तारका लागि १४ नाका सञ्चालनमा ल्याइने बताए।

यसका साथै मन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपालीले चीन जाँनका लागि नि:शुल्क भिषाको व्यवस्था गर्ने सहमति भएकोमा त्यो कार्यान्वयनमा आएको बताए।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो।

यस्तै तिब्बत पठार ब्लू एग्रीकल्चर कम्पनीले नेपाल एग्रीकल्चर कम्पनीबाट ओट घाँस र दाना खरिद गर्ने सम्झौता भएको छ। यससँगै अब नेपालबाट ओट घाँस र दाना चीन निर्यात हुने भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको