Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको आधिकारिक वेबसाईटमा गम्भीर त्रुटी, फ्लोरसिटको सबै विवरण उल्टो

अर्थ संसार

आइतबार, ०२ बैशाख २०८१, १८ : २४ मा प्रकाशित

नेप्सेको आधिकारिक वेबसाईटमा गम्भीर त्रुटी, फ्लोरसिटको सबै विवरण उल्टो

नेप्सेको आधिकारिक वेबसाईटमा आजको कारोबारको फ्लोरसिटको डेटा सबै उल्टो बनेको छ ।

फ्लोरसिट हेर्दा आज क्रेताको सबै कारोबार बिक्रेतामा तथा बिक्रेताको सबै कारोबार क्रेताको सूचीमा देखिएको हो । उदाहरणका लागि आज उच्च कारोबार भएको पोखरा फाइनान्सको सेयर उच्च खरिद गर्नेमा ब्रोकर ४१ रहेको छ तर नेप्सेको फ्लोरसिटमा भने ब्रोकर ४१ बाट उच्च बिक्री भएको देखाइएको छ । यसैगरी अन्य लगानीकर्ताहरुले पनि आफूले खरिद गरेको सेयर बिक्री सूचीमा तथा बिक्री गरेको सेयर खरिद सूचीमा राखिएको बताएका छन् ।

पछिल्लो समय फ्लोरसिट एनालिसिसलाई महत्वपूर्ण विश्लेषण टुलका रुपमा लगानीकर्ताले प्रयोग गर्ने गरेका छन् । आधिकारिक साइटमै देखिएको यस्तो गलत विवरणले लगानीकर्ता नराम्रोसँग झुक्किन सक्ने देखिएको छ । 

विशेषगरि ट्रेडरले उच्च भोल्युममा कुनै ब्रोकरमार्फत खरिद भएका सेयरमा ट्रेड लिने गरेकोमा तथ्यांक नै उल्टो हुँदा उल्टो ट्रेडमा फस्ने ठूलो जोखिम देखिएको छ । यस्ता संवेदनशील तथ्यांकमा नेप्सेले लगानीकर्ताको हितका लागि विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको