Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा झिनो गिरावट, कारोबार पनि घट्यो

अर्थ संसार

विहीबार, १३ बैशाख २०८१, १५ : १० मा प्रकाशित

सेयरबजारमा झिनो गिरावट, कारोबार पनि घट्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा झिनो अङ्कको गिरावट भएको छ । आज उतारचढावका बीच अन्त्यमा बजार घटेर बन्द भएको हो ।

बुधबार ०.१५ अङ्कले बढेको सेयरबजार आज भने ३.२४ अङ्कले घटेर १९६५.९३ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५ सय ९४ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा मल्टिपर्पस फाइनान्स, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त र बेस्ट फाइनान्स रहे । ती कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा सबैको लघुवित्त, माइखोला हाइड्रो र एनआरएन रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.१३ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहको समूहको उपसूचक ०.४५ प्रतिशत बढ्यो । यसैगरी आज उत्पादन तथा प्रसोधन समूहको उपसूचक सर्वाधिक ०.७१ प्रतिशतले घट्दा हाइड्रोपावर समूहको उपसूचक ०.४६ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको