Like us!
Follow us!
Connect us!
Watch us!

१९५० विन्दु नजिकै पुगेर फर्कियो नेप्से, लगातारको गिरावटमा ब्रेक

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १५ : ०७ मा प्रकाशित

१९५० विन्दु नजिकै पुगेर फर्कियो नेप्से, लगातारको गिरावटमा ब्रेक

२०८१ साल लागेपछिको पाँचौ दिनको कारोबारमा बल्ल सेयरबजारमा सुधार आएको छ । लगातार चार दिन ओरालो लागेपछि नेप्सेमा आज दोहोरो अङ्कको वृद्धि भएको छ । आज पनि साढे एक बजेसम्म ओरालो नै लागेको नेप्से परिसूचक १९५३ अङ्कको विन्दुमा पुगेपछि भने लगातार वृद्धि भएको थियो ।

अघिल्लो बिहीबार १९.५६ अङ्कले घटेको सेयरबजार आज भने १२.२९ अङ्कले बढेर १९८४.४३ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७ सय ९२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि सुधार भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा दोल्ती हाइड्रो, एनआईसी लघुवित्त र रु रु हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा खानीखोला हाइड्रो र पिपुल्स पावर रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन तथा प्रसोधन समूहको उपसूचक सर्वाधिक १.९६ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको उपसूचक १.१५ प्रतिशत बढ्यो । यसैगरी आज म्युचुअल फन्ड समूहको उपसूचक सर्वाधिक ०.४३ प्रतिशतले घट्दा बैंकिङ समूहको उपसूचक ०.३४ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको