Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री लामिछाने र बेलायती राजदूतबीच भेट

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १४ : ५९ मा प्रकाशित

गृहमन्त्री लामिछाने र बेलायती राजदूतबीच भेट

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच भेट भएको छ।

सिंहदरबारमा बिहीबार बिहान भएको भेटमा गृहमन्त्री लामिछानेले एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर–सरकारी निकायको क्षमता अभिवृद्धिमा पुर्‍याएको सघाउप्रति आभार व्यक्त गरेका थिए।

उनले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र बञ्चितीकरण न्यूनिकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा व्यक्त गरे।

सोहि छलफलमा बेलायत सरकारले जाजरकोट भूकम्पको पुनःनिर्माणमा अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने क्रममा रहेको समेत राजदूत फेनले गृहमन्त्रीलाई जानकारी दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको