Like us!
Follow us!
Connect us!
Watch us!

बाँसबारी जग्गा प्रकरण: सांसद विनोद चौधरीसँग बयान लिन सुरु

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, ०८ : ४८ मा प्रकाशित

बाँसबारी जग्गा प्रकरण: सांसद विनोद चौधरीसँग बयान लिन सुरु

नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिन सुरु भएको छ । उनलाई बाँसबारी जग्गा हिनामिना प्रकरणमा  सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान सुरु गरिएको हो।

चौधरी आफै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सम्पर्कमा आएपछि सरकारी वकिलको समन्वयमा उनको बयान थालिएको बुझिएको छ। 

सीआईबीले संघीय संसदका सभामुख देवराज घिमिरेलाई कांग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा लिखित जानकारी गराएको थियो ।

सीआईबीका अनुसन्धान अधिकृत होविन्द्र बोगटीले लेखेको पत्रमा भनिएको छ, ‘…बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०-०-०-० (दस रोपनी) जग्गा गैह्रकानूनी तवरबाट च्याम्पियन फुटवेयर लि.को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघिय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’

यसै अनुसन्धानमा १८ माघमा अरुण चौधरीसहित ३ जना पक्राउ परेका थिए  । हाल उनीहरुलाई धरौटीमा छोडिएको छ  . यसै अनुसन्धानको क्रममा बुधबार मात्रै वसन्त चौधरीलाई बोलाएको थियो। 

विनोद चौधरीमाथि समेत अनुसन्धान गर्नुपर्ने देखिएकाले सभामुखलाई पत्र पठाइएको सीआईबी स्रोतले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको