Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि

अर्थ संसार

विहीबार, २४ फागुन २०८०, ०८ : ०८ मा प्रकाशित

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ । 

मर्जरमा गएका पछ्यात दुई कम्पनीको एकीकृत कारोबारको थालनी हुन लागेको हो ।  

अब सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ। 

नेपाल राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते मर्जरका लागि अन्तिम स्वीकृति दियो। त्यस लगतै नेपाल धितोपत्र बोर्डले फागुन ९ गते अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।  

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको गत असोज ३० गते आफ्ना कम्पनीहरुको विशेष साधारण सभा गर्दै १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।  

अब मर्जर पछिको कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा न १४ साँगामा रहने तय गरिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको