Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, ०८ : १८ मा प्रकाशित

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते अन्तिम दिन रहेको छ।

लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मंसिर ७ गते बुकक्लोज गर्दैछ।  अर्थात आज सम्म कारोबार भइ कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले सेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

आरएसडिसी लघुवित्तले मंसिर १५ गते, शुक्रबार, वेष्टर्न एशियन होटल, बुटवल, कालिकास्थानमा  बिहान ९ बजेदशौँ वार्षिक साधारण सभा डाकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको