Web Analytics Made Easy - StatCounter
बुधबार, २८ साउन २०७७
उपत्यकामा थपिए ३८ जना संक्रमित, जम्मा संक्रमित कति ?
शुक्रबार, १६ साउन २०७७

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १९ हजार ७ सय ७१ जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

त्यसैगरी, शुक्रबार काठमाडौंका ३२ जना, भक्तपुरका १ जना र ललितपुरका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

 

 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved