Like us!
Follow us!
Connect us!
Watch us!

एकाबिहानै प्रदेश नं १ बाट आयाे खुसीको खबर

निशा हुमाँगाई

शनिबार, ०६ असार २०७७, ०८ : १५ मा प्रकाशित

एकाबिहानै प्रदेश नं १ बाट आयाे खुसीको खबर

अर्थ संसार, काठमाडौं – प्रदेश नं १ बाट शुक्रबार १० जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना रहेका उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिएका छन् ।

निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका चार महिलासहित १० जना छन् । निजहरुलाई गत जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा उपचारका लागि भर्ना गरिएको उराँवले बताए।

त्यस्तै, प्रदेशमा कोभिडबाट सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ४२२ रहेको छ भने निको भई घर फर्कनेको सङ्ख्या २३४ पुगेको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको