Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

शनिबार, १७ जेठ २०७७, ११ : ३४ मा प्रकाशित

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार काठमाडाैं - नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैखेलका थप १४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

दैलेखको नारायण नगरपालिका वडा नम्बर ४ का २८, २५ र ३५ वर्षीय पुरुष, वडा नम्बर ६ का ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का ३० वर्षीय पुरुष, वडा नम्बर १० का १७ र २० वर्षीय पुरुष, वडा नम्बर २ का २१ वर्षीय पुरुष, वडा नम्बर ८ को २०/२० वर्षीय पुरुष, वडा नम्बर ११ का २७ र १८ वर्षीय पुरुष, वडा नम्बर ९ का ५० र २३ वर्षीय पुरुष गरी १४ जनाको कोरोना भाइरस संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनीहरु सबै केही दिनअघि मात्रै भारतबाट फर्किएका थिए । 

याे सँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या १२२६ पुगेको छ । तसर्थ यसबारे मन्त्रालयले भने औपचारिक जानकारी दिन बाँकी रहेकाे छ । 

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको