Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको शेयर आयो डीम्याट खातामा

निशा हुमाँगाई

शनिबार, १७ जेठ २०७७, ०९ : २४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । उक्त शेयर हिजाे (शुक्रबार) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको हो ।

शुक्रबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडले शेयरधनीहरुको हितग्राही खातामा आईपीओ जम्मा गर्ने कार्य सम्पन्न गरेको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले जानकारी दिएका छन् । 

कम्पनीले गत चैत्र ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरले १ करोड ६० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गरेको थियाे । कम्पनीले १ करोड ६० लाखमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

यसैगरी, कम्पनीले लकडाउनकै बीच गत चैत्र २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियाे । अब शेयर कारोबार सुचारु भएपश्चात कम्पनीको आईपीओ पनि कारोबार गर्न सकिने भएको छ । यद्यपि, हालसम्म कम्पनीको ओपनिङ रेन्ज भने तोकिएको छैन । 

त्यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जेठ १४ गते सूचीकरणको प्रक्रिया अगाडि बढाएको कम्पनीको शेयर कारोबारका लागि नेप्सेले एनआरआईसी स्टक संकेत प्रदान गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको