Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट तेश्राे व्यक्तिको मृत्यु

निशा हुमाँगाई

बुधबार, ०७ जेठ २०७७, १० : ४३ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट तेश्राे व्यक्तिको मृत्यु

अर्थ संसार, काठमाडौं – नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिएका छन् ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए ।

त्यस्तै, नेपालमा यसअघि पनि कोरोना भाइरसकाे संक्रमणबाट दुईजना व्यक्तिको मृत्यु भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको