Like us!
Follow us!
Connect us!
Watch us!

वेस्ट इन्डिज ए विरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल

अर्थ संसार

शनिबार, २२ बैशाख २०८१, १२ : १३ मा प्रकाशित

वेस्ट इन्डिज ए विरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । 

जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ए ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ए ले जितेको थियो ।

यस खेलमा नेपालले दुई परिवर्तन गरेको छ । आजको खेलमा गुलशन झा र ललित राजबंशीको ठाउमा सागर ढकाल र अनिल शाहलाई टिममा समावेश गरिएको छ । 

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र सागर ढकाल रहेका छन् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको