Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा बढ्दै जाेखिम : कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

बुधबार, ०७ जेठ २०७७, १० : ४९ मा प्रकाशित

उपत्यकामा बढ्दै जाेखिम : कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं – महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये एक जना नायब निरीक्षक र एक जवान रहेको वृत्त प्रमुख रुगम कुँवरले जानकारी दिएका छन् । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । उनीहरु दुवै जना फिल्डमा खटिएका प्रहरी रहेकाे समेत कुँवरले बताएका छन् । 

त्यसैगरी, कोरोनाको पुष्टि भएपश्चात कालिमाटी वृत्त र त्यहाँभित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई पनि सिल गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको