Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीद्वारा पत्रकारलाई दुर्व्यवहार

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, १८ : २२ मा प्रकाशित

प्रहरीद्वारा पत्रकारलाई दुर्व्यवहार

अर्थ संसार, काठमाडौं – नेपाल पत्रकार महासङ्घ कास्कीले आवरअल न्यूज डटकमका सम्पादक प्रेम नेपालीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै दुःख व्यक्त गरेको छ ।

महासङ्घ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै समाचार सङ्कलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीको प्रवेशद्वार अघि पत्रकार नेपालीलाई दुर्व्यवहार गरिएको भन्दै खेद व्यक्त गरेको हो ।

बाटुलेचौरमा भएको जातीय विभेदको घटनालाई लिएर पीडकलाई पक्राउ नगरेको भन्दै जम्मा भएका पीडित पक्ष, कानूनी व्यवसायी र जनप्रतिनिधिका बारेमा समाचार सङ्कलन गर्ने क्रममा भिडियो खिच्दै गर्दा नखिच्न भन्दै क्यामेरा खोस्ने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

कोरोना सङ्क्रमणको महामारीका बेला अग्रमोर्चामा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि गरिने यस्ता दुर्व्यवहार आगामी दिनमा नदोहोरियोस् भन्दै विज्ञप्तिमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति र पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील बन्न प्रहरी प्रशासनसहित सम्पूर्ण सरोकारवालासँग अनुरोध गरिएको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको