Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफकाे खुद बीमाशुल्क ह्वात्तै बढ्दा अरू सूचक के भयाे ?

निशा हुमाँगाई

विहीबार, १८ बैशाख २०७७, १३ : १८ मा प्रकाशित

ज्योति लाइफकाे खुद बीमाशुल्क ह्वात्तै बढ्दा अरू सूचक के भयाे ?

अर्थ संसार काठमाडाैं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ ।

उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ९४.०८  प्रतिशत धेरै हाे । गत वर्ष कम्पनीले ५६ करोड ६८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

यसैगरी, उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा ११ करोड ५१ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत वर्षको यहि अवधीमा कम्पनीले १० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

त्यस्तै, कम्पनीकाे प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९७ पैसा रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ  १२६ रुपैयाँ ९८ पैसा रहेकाे छ ।

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eaa843ead9bf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको