Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय अभिनेता ऋषि कपूरको निधन

निशा हुमाँगाई

विहीबार, १८ बैशाख २०७७, १० : २० मा प्रकाशित

भारतीय अभिनेता ऋषि कपूरको निधन

अर्थ संसार, काठमाडौं - बलिउड चर्चित अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका थिए । उनका दाजु रणधीर कपूरले दिएकाे जानकारी अनुसार उनलाई क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियाे । 

सन् २०१८ मा उनलाई क्यान्सर भएको पत्ता लागेपछि झण्डै एक वर्षसम्म अमेरिकाको न्यूयोर्कमा उपचार गरेका थिए । उनी उपचारपछि सेप्टेम्बर २०१९ मा भारत फर्किएका थिए ।

स्वास्थ्यमा आरोह अवरोह देखिएपछि उनी निरन्तर अस्पतालको निगरानीमा रहेका थिए । गत फेब्रुअरीमा पनि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

सर एचएन रिलायन्स फाउन्डेसन अस्पताल मुम्बईमा उनकाे मृत्यु भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको