Like us!
Follow us!
Connect us!
Watch us!

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, ०७ : १९ मा प्रकाशित

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकोताले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।

यो जितपछि कोलकोताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी दिल्लीको भने यो यस सिजनमा छैटौं हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अंकसहित छैटौं स्थानमा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको