Like us!
Follow us!
Connect us!
Watch us!

नेपाललाई बढ्दै छ जाेखिम

निशा हुमाँगाई

विहीबार, १८ बैशाख २०७७, ११ : ५६ मा प्रकाशित

नेपाललाई बढ्दै छ जाेखिम

                          भारतमा संक्रमित बढ्दै

अर्थ संसार, काठमाडौं - भारतमा दिनकै काेराेना संक्रमणले नयाँ रूप लिँदै गएकाे छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु नेपाललाई समेत चुनौतीपूर्ण र जाेखिम बढेकाे छ । 

हालसम्म भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३३ हजार ५० पुगेको छ भने १ हजार ७४ जनाकाे काेराेनाकाे कारण निधन भएकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसैगरी, गएको २४ घन्टा यता मात्र भारतमा एक हजार ७१८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने ६७ जनाकाे मृत्यु भएको छ । भारतमा देखिएका संंक्रमितहरूमध्ये ८ हजार ३२४ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ९ हजार ९१५ जना पुगेको छ ।

त्यसैगरी, महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै, दिल्लीमा ३ हजार ४३९ कोरोना भाइरस सक्रमित रहेका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएकाे छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको छ । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको