Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे डलरकाे भाउ, अन्य मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

विहीबार, १८ बैशाख २०७७, ११ : ०८ मा प्रकाशित

घट्याे डलरकाे भाउ, अन्य मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४१ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२ र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३४ पैसा रहेकाे छ ।

त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३९० रुपैयाँ १४ पैसा  र बिक्रीदर ३९२ रुपैयाँ ०८ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२१ रुपैयाँ १० पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तोकिएको छ ।

यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको