Like us!
Follow us!
Connect us!
Watch us!

अब सिटिजन लाइफको प्रिमियम सजिलै तिर्नुहाेस् फोन पेबाट

निशा हुमाँगाई

शनिबार, १३ बैशाख २०७७, १६ : ४६ मा प्रकाशित

अब सिटिजन लाइफको प्रिमियम सजिलै तिर्नुहाेस् फोन पेबाट

अर्थ संसार, काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रिमियम अब फोन पे बाट सजिलै तिर्न सकिने भएकाे छ ।

ग्राहकहरूको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम योजनाहरू ल्याउन सदैव अग्रिणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकहरूले सहज रूपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत आफ्नो प्रिमियम तिर्न सकिने सेवा फोन पे (FonePay ) को शुभारम्भ गरेको हाे । 

अनलाईन पेमेन्ट सिस्टम FonePay को माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरूको मोबाइल बैंकिङ्ग एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहज रूपमा भुक्तानी गर्न सकिनेछ ।

कम्पनीले सदैव आधुनिक तथा नविनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अघि पनि e-Sewa तथा डिजिटल बैङ्किङ्ग मार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो । यस FonePay एपले  बीमा शुल्क तिर्न थप विकल्प हुनुका साथै अझै थप सहजता प्रधान गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको