Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनलाई निरन्तरता दिनुपर्ने उच्चस्तरीय समितिको निष्कर्ष

निशा हुमाँगाई

शनिबार, १३ बैशाख २०७७, १५ : ३५ मा प्रकाशित

लकडाउनलाई निरन्तरता दिनुपर्ने उच्चस्तरीय समितिको निष्कर्ष

अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज (शनिबार) बसेकाे कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।

लकडाउनले गर्दा नै काेराेना भाइरसकाे संक्रमण फैलन नपाएकाे हुनाले लकडाउनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष बैठकमा गरिएकाे हाे । तर, औपचारिक निर्णय भने भोलि (आइतबार) बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ । 

त्यसैगरी, उक्त बैठकमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि सरकारले वैशाख १८ अर्थात् अप्रिल ३० सम्ममात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

यस्तै, बैठकमा कोरोना संक्रमणको परीक्षण तथा उपचारलाई प्रभावकारी बनाउने तथा औषधिजन्य सामग्रीको आपूर्तिलाई देशभर सहज बनाउने छलफल पनि भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको