Like us!
Follow us!
Connect us!
Watch us!

आवेदन नपरेपछि सिद्धार्थ बैंकको ‘१०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३’ बिक्री खुला अवधि १० दिन थप

अर्थ संसार

सोमबार, ०९ भदौ २०७६, ०९ : ०३ मा प्रकाशित

आवेदन नपरेपछि सिद्धार्थ बैंकको ‘१०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३’ बिक्री खुला अवधि १० दिन थप

अर्थ संसार, काठमाडौं- तोकिएको अवधिमा सवै आवेदन नपरेपछि सिद्धार्थ बैंक लिमिटेडको ‘१०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३’ का २५ लाख कित्ता ऋणपत्रको ष्निकास तथा बिक्री खुला अवधि १० दिन थप गरिएको छ ।

बैंकले भदौं ५ गतेदेखि ७ वर्ष अवधि तथा वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको २ अर्ब ५० करोड मूल्यबराबरका ऋणपत्र  निष्कासन गरेको थियो । ऋणपत्रको निष्कासन भदौ ९ गते बन्द हुने भनिएकोमा अब १० दिन थपेर भदौ १९ गतेसम्म तोकिएको छ ।

प्रतिडिबेन्चर रु १ हजार अंकित २५ लाख कित्तामध्ये १५ लाख कित्ता डिबेन्चरले हुन आउने कुल रु १ अर्ब ५० करोड ऋणपुँजी रकम परिचत्र विधिबाट र १० लाख कित्ता डिबेन्चरले हुन आउने कुल रु १ अर्ब ऋणपुँजी रकम (५५ अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।नेपाल धितोपत्र बोर्डबाट गत साउन १४ गते स्वीकृति पाएको उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्रमध्ये रु एक अर्ब ५० करोड ऋणपूँजी रकम परिपत्र विधिबाट र १० लाख कित्ता ऋणपत्रले हुन आउन रु एक अर्ब ऋणपूँजी रकमअर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कूल चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र बिक्री गर्नुपर्ने प्रावधानसहितको चालू आवका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको