Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद छुटाउनु होला ? मल्टिपर्पोजको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, ०९ भदौ २०७६, ०८ : ०२ मा प्रकाशित

हकप्रद छुटाउनु होला ? मल्टिपर्पोजको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं- मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडले असार २३ गतेदेखि
निष्कासन तथा बिक्री खुला गरेको १ बराबर ८ दशमलव ६५ अनुपातमा हकप्रद सेयरमा आवेदन दिने आज (भदौ ९ गते) अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

सो हकप्रद शेयरमा असार ११ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

शेयरधनीले सिभिल क्यापिटल, मल्टिपर्पोज कम्पनीको केन्द्रीय कार्यालय, सिभिल बैंकको विराटनगर, नारायणघाट, बुटवल, पोखरा, नेपालगन्ज, धनगढी तथा वीरेन्द्रनगर शाखा कार्यालय र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६ सय रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी ग्रेड ५ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था कमजोर रहेको संकेत गर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको