Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्धारा विनाशकारी हावाहुरीबाट पीडितलाई सहयोग

विहीबार, २१ चैत्र २०७५, २० : ५५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्धारा विनाशकारी हावाहुरीबाट पीडितलाई सहयोग

अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत चैत १७ गते रातीे बारा र पर्सा जिल्लामा अकस्मात आएकोे विनाशकारी हावाहुरी र असिना पानीबाट प्रभावित जनसमुदायलाई सहयोगार्थ राहफल थढउत सामाग्री वितरण गरेको छ ।

बैंकले बारा जिल्लाका विपतबाट पीडित ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको हो । हावाहुरी र असिनापानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहजहोस भन्ने उद्धेश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमामुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतकाविपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतना मूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको