Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक पुग्यो राष्ट्र बैंकले तोकेको सवै गाउँपालिका र नगरपालिकामा

मंगलबार, १९ चैत्र २०७५, १० : ५२ मा प्रकाशित

ग्लोबल आइएमई बैंक पुग्यो राष्ट्र बैंकले तोकेको सवै गाउँपालिका र नगरपालिकामा

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबारदेखि प्रदेश नं. १ कोसंखुवासभा जिल्ला, भोट खोला गाँउपालिका वडा नं. ३ हटिया बजारमा नयाँ शाखा कार्यालय संचालनमाल् याएको छ ।

यस भोट खोला शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ ।

वाणिज्य बैंकहरुले २४३ स्थानीयतहमा आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउनु पर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरु आफ्ना शाखा संचानमा ल्याएको छ ।

संखुवासभा जिल्लार त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवाप्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको छ ।

बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२४शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि\सम्पर्क कार्यालय मार्पmत  आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि\सम्पर्र्क  कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतकामुलुकबाट रेमिट्यान्स भिर्याउँदैदेशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको