Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको सल्यान शाखा कार्यालयको औपचारिक समुद्घाटन

आइतबार, १० चैत्र २०७५, १७ : २३ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको सल्यान शाखा कार्यालयको औपचारिक समुद्घाटन

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार सल्यान जिल्लाको श्रीनगरस्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।

सल्यानजिल्लाको श्रीनगर रत्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाको कर्णाली प्रदेशका माननीय आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले औपचारिक समुद्घाटन गर्नुभयो ।

उक्त शाखाको औपचारिक समुद्घाटन गर्दैमाननीय  ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकास तथा गतिविधी र बैंकिङ सेवाको पहुँचको लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेकोमा खुसीव्यक्त गर्नुका साथै यस क्षेत्रको आर्थिक विकासमा ग्लोबल आईएमई बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेकुरा बताउनु भयो ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानी जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष  चन्द्रप्रसाद ढकालले श्रीनगर, सल्यान शाखा विस्तार गरेर यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानीगर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने र साथसाथै बैकिङ्ग पहुँच नपुगेको स्थानमा समेत बैकिङ्ग पहुँच पुुर्याउने कुरा बताउनु भयो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि\सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि\सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदान गर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको