Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले कमायो ६ महिनामा ६० करोड ३८ लाख नाफा

ramesh lamsal

मंगलबार, ०८ माघ २०७५, ११ : १४ मा प्रकाशित

कुमारी बैंकले कमायो ६ महिनामा ६० करोड ३८ लाख नाफा

अर्थ संसार, काठमाडौं– कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा  नाफा २६ प्रतिशत बढाएको छ । चालु आवको पुससम्म बैंकले रु ६० करोड ३८ लाख खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले रु ४८ करोड २ लाख नाफा गरेको थियो ।

बैंकले आज  सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार बैंकले रु १२ करोड रुपैयाँ नाफा बढाएको देखाएको हो ।कूल  ६ महिनामा बैंकले रु १ अर्ब ५१ करोड ७१ लाख खुदब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको खराव कर्जा अनुपात घटाएर १.२२ प्रतिशतमा सीमित गरेको छ । बैंकको निक्षेप लागत बढेर ८.१२ प्रतिशत पुगेको छ । निक्षेप कर्जा अनुपात ७८, आधार दर बढेर ११.५५ प्रतिशत पुगेको छ ।

यस्तै प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा र ब्याजदर अन्तर ३.३८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढाएर रु ७५ अर्ब ४४ करोड पुर्याएको छ । कर्जा सापटी पनि बढेर रु ७० अर्ब ७७ करोड पुगेको छ । समीक्षा अवधिमा संचित कोषको आकार बढेर रु ४ अर्ब २९ करोड पुगेको छ ।

5c46b1a226868.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको