Like us!
Follow us!
Connect us!
Watch us!

नारायणगढ–मुग्लिन सडक पहिरोले ठप्प, यात्रुहरुको विचल्ली

मंगलबार, २६ असार २०७५, ०८ : ४२ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडक पहिरोले ठप्प, यात्रुहरुको विचल्ली

अर्थ संसार, चितवन - रातिदेखि नै ठाउँ ठाउँमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडकमा मंगलबार बिहानैदेखि गाडी चल्न सकेका छैनन् ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार गाइघाट, घुमाउने र टोपे खोलामा पहिरो गएको छ ।

ट्राफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतमकाअनुसार गाइघाटमा सोमबार राति पहिरो खसेको हो। घुमाउने र टोपे खोलामा मंगलबार बिहान पहिरोखस्दा यातायातअवरुद्धभएको छ।गाइघाट र टोपे खोलामा एकतर्फी गाडी चले पनि घुमाउनेमा पुरै ठप्प छ।

चितवनमासोमबार रातिदेखि लगातार पानी परेको छ। सडक दुई लेनको बनाउन पहाड काटेको ठाउँमा वर्षाका बेला पहिरो जाने समस्याले यात्रुहरूलाई निकै पिरोलेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको