Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले सुरु गर्यो स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशन

विहीबार, ०६ बैशाख २०७५, १२ : ५६ मा प्रकाशित

सिभिल बैंकले सुरु गर्यो स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशन

अर्थ संसार, काठमाडौं – सिभिल बैंकले ग्राहकलाई ध्यानमा राखी “सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशन” बजारमा ल्याएको छ ।

यस एप्लिकेसन मार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युत प्राधिकरण ल्यान्ड लाइन् एडीयसयल डिसहोमको बील भुक्तानी गर्न सकिने साथै १५० भन्दा बढी आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्न यस मोबाइल एप्लिकेशनको उपयोगबाट गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले हालसम्म दुई लाख भन्दा बढी ग्राहकहरु रहेको ३७ अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरेको छ भने ३६ अर्व रुपैयाँ कर्जा लगानी गरेको छ । शाखा संख्या ६० पुगेकोे बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको