Like us!
Follow us!
Connect us!
Watch us!

४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा सिभिल बैंकका कर्मचारी महेश्वर डंगोल पक्राउ

सोमबार, २४ पुस २०७४, ११ : ३३ मा प्रकाशित

४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा सिभिल बैंकका कर्मचारी महेश्वर डंगोल पक्राउ

अर्थ संसार, काठमाडौं–  ४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा सिभिल बैंकका कर्मचारी महेश्वर डंगोल पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले झण्डै ४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा डंगोललाई पक्राउ गरेका हुन ।

यसरी गरेका थिए घोटाला

सिभिल बैंकको बौद्ध शाखाका अप्रेसन इन्चार्ज महेश्वर डंगोलले सिभिल बैंकमै रहेको आफ्नो खातामा उक्त रकम सारेका थिए ।

त्यसपछि डंगोलले सिभिल बैंकको आफ्नो खाताबाट सनराइज बैंकमा रहेको आफ्नै खाता र केही आफन्तको खातामा रकम ट्रान्सफर गरेका थिए ।

डंगोलले पटक पटक गरी उक्त रकम आफु र आफ्ना आफन्तको खातामा पठाएको पाइएपछि बैंकको उजुरीको आधारमा सिआइबीले प्रकाउ गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको