Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा करिब ९३ प्रतिशतले बढ्यो, कारण यस्तो...

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, १० : ११ मा प्रकाशित

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा करिब ९३ प्रतिशतले बढ्यो, कारण यस्तो...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बीमाशुल्क र ब्याज आम्दानीमा उल्लेख्य वृद्धि हुँदा कम्पनीको नाफा पनि बढेको हो ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म इन्स्योरेन्सको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ३० करोड ४८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा इन्स्योरेन्सले १५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । खुद नाफा करिब ९३ प्रतिशतले बढेको हो ।

खुद प्रिमियम आम्दानी

तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ४ अर्ब १ करोड रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेको छ जुन अघिल्लो वर्ष १ अर्ब ८५ करोड रहेको थियो । यो करिब ११७ प्रतिशतको वृद्धि हो ।

कुल आम्दानी

तेस्रो त्रैमाससम्म इन्स्योरेन्सको कुल आम्दानी ५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा २ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । कुल आम्दानी करिब १२५ प्रतिशतले बढेको हो ।

कुल खर्च 

तेस्रो त्रैमासिकसम्ममा इन्स्योरेन्सको कुल खर्च  ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा २ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । कुल खर्च करिब १२७.८ प्रतिशतले बढेको हो ।

लगानी

यस आवको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको लगानी बढेर १७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ३० करोड ४८ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

इपिएस

९.७१ रुपैयाँ

पिई रेसियो 

४६ गुणा (अन्तिम मूल्य ४४९ रुपैयाँ)

नेटवर्थ

१२६.९९ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको