Like us!
Follow us!
Connect us!
Watch us!

अरुको नाममा कक्षा १२ को परीक्षा दिँदै गरेका युवक पक्राउ

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, १० : २५ मा प्रकाशित

अरुको नाममा कक्षा १२ को परीक्षा दिँदै गरेका युवक पक्राउ

काठमाडौँको ठुलो भर्‍याङस्थित रेन्बो इन्टरनेशनल कलेजबाट अरुको नाममा कक्षा १२ को परीक्षा दिँदै गरेका एक युवक पक्राउ परेका छन् । 

आज शुरु भएको कक्षा १२ को परीक्षामा अरुकै नाममा परीक्षा दिन गएका २३ वर्षीय आदेश जङ्ग शाही पक्राउ परेको प्रहरीले जनाएको छ । शाही शान्ति विद्यागृह ठहिटीमा अध्ययनरत टंक बहादुर घर्तीको नाममा परीक्षा दिन परीक्षाकेन्द्र पुगेका थिए ।

परीक्षा दिँदै गरेको अवस्थामा शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको