Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीले बोकेको पेस्तोल हरायो

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, १३ : ०९ मा प्रकाशित

प्रहरीले बोकेको पेस्तोल हरायो

बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ।

सोमबार राति अपरेसनमा क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेकको पेस्तोल हराएको हो।

लागुऔषध अपरेसनमा पुज्य बिसीसहितको टोली खटिएको थियो। सो  क्रममा लागुऔषध गाँजासहित केही व्यक्ति समेत पक्राउ परेका थिए । सोही समयमा पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

वरिष्ठ सई बिसीले बोकेको १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो । घटनाबारे बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको