Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिक अस्पतालमा प्रकाशको निधन, आफन्तको रूवाबासी

आइतबार, ०३ मंसिर २०७४, १० : ५९ मा प्रकाशित

नर्भिक अस्पतालमा प्रकाशको निधन,  आफन्तको रूवाबासी

अर्थ संसार, काठमाडौं–  आज विहान पुष्प कमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालको निधन भएको छ । नर्भिक अस्पतालमा प्रकाशको  निधन भएको हो ।

दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।


तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए ।

 राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । आइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा पसिन् र उठाउन खोज्दा चलमल नगरेपछि उनलाई आफन्तले नर्भिक अस्पतालमा ल्याइएको थियो ।

अस्पताल ल्याएपनि उनलाई बचाउन भने सकिएन । अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।

यो पनि पढ्नुहोस्

पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालको निधन 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको