Like us!
Follow us!
Connect us!
Watch us!

पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालको निधन

आइतबार, ०३ मंसिर २०७४, ०८ : ५८ मा प्रकाशित

पुष्पकमल दाहाल प्रचण्डको छोरा  प्रकाश दाहालको निधन

अर्थ संसार, काठमाडौं–  प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको