Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय संस्थामा अधिक तरलता : दुई दिनमै ८५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, २४ माघ २०८०, ०९ : १३ मा प्रकाशित

वित्तीय संस्थामा अधिक तरलता : दुई दिनमै ८५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

मङ्गलबार मात्रै बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले आज थप ४५ अर्ब तरलता खिच्ने भएको छ ।

बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत माघ २४ देखि फागुन ९ गतेसम्मका लागि ४५ अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम ४५ अर्बसम्मै बोल गर्न सक्नेछन् ।

संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले फागुन ९ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।

माघ महिनामा राष्ट्रबैंकले निक्षेप संकलन गर्न लागेको यो आठौं पटक हो । अघिल्लो साता मात्रै बैंकले ७० अर्ब निक्षेप संकलन गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भए पनि कर्जा विस्तार भने हुनसकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको