Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : ४७ अंकले बढेको बजारमा ६० करोडको कारोबार

सोमबार, ३० असोज २०७४, १५ : २७ मा प्रकाशित

आजको सेयर बजार : ४७ अंकले बढेको बजारमा ६० करोडको कारोबार

अर्थ संसार, काठमाडौं– साताको दोस्रो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४६.६२ अंकले बढेको छ ।

जम्मा १ सय ६३ वटा कम्पनीको १३ लाख ४७ हजार ६ सय १४ कित्ता सेयर खरिविक्री हुँदा ६० करोड ५० लाख ७६ हजार २ सय ४२ रुपैँयाको कारोबार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा बैंक ४८.६६ अंक, होटल ७८.०५ अंक, विकास बैंक ५७.३६ अंक, हाइड्रोपावर ५२.५५ अंक, फाइनान्स ९.९ अंक, इन्स्योरेन्स २६४.७५ अंक र अन्य ०.२८ अंकले बढेको छ । यता ट्रेडिङ भने ४.२२  अंकले घटेको छ ।

बढेको बजारमा कर्णली डेभलपमेन्ट बैंक, वेष्ट फाइनान्स कम्पनी लिमिटेड र एन बि इन्स्योरेन्सका लगानीकर्ताले आफ्नो आम्दानी ८ प्रतिशत भन्दा बढीले बढाएका छन् ।

तर, बिशाल बजार कम्पनी लिमिटेड, प्राइम कमर्सियल बैंक प्रमोटर सेयर र देव विकास बैंक लिमिटेडको प्रमोटर सेयरमा लगानी गर्ने लगानीकर्ताले आज १ प्रतिशत भन्दा बढीले आफ्नो आम्दानी गुमाएका छन् ।

यो पनि पढ्नुहोस्

के होलान ३५ वर्षपछि जलविद्युत आयोजनाहरु ?

राष्ट्र बैंकले किन उठाउँदैछ ६१ अर्ब आन्तरिक ऋण ?

विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन स्थापना गर्दै प्राधिकरण 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको