Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले किन उठाउँदैछ ६१ अर्ब आन्तरिक ऋण ?

सोमबार, ३० असोज २०७४, १४ : ४० मा प्रकाशित

राष्ट्र बैंकले किन उठाउँदैछ ६१ अर्ब आन्तरिक ऋण ?

अर्थ संसार, काठमाडौँ– नेपाल राष्ट्र बैंकले रु ६१ अर्ब ६१ करोड आन्तरिक ऋण उठाउने भएको छ ।

बैंकले कात्तिकदेखि पुससम्म आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ ।

आउदो कात्तिकदेखि पुससम्म रु ६१ अर्ब ६१ करोड आन्तरिक ऋण उठाउन लागेको हो ।राष्ट्र बैंकले सरकारको विकास योजना सञ्चालनका लागि विभिन्न वित्तीय उपकरण परिचालन गरेर आन्तरिक ऋण उठाउने गरेको छ ।

उठाउन लागेको रकम कुल आन्तरिक ऋण निष्कासनको ४२.४९ प्रतिशत हो । चालु आर्थिक वर्ष रु १ खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाउने सरकारको तयारी छ ।

राष्ट्र बैंककाअनुसार दोस्रो त्रैमाशमा ट्रेजरी बिल्स उपकरणबाट रु २७ अर्ब २१ करोड, विकास ऋणपत्र रु ३२ अर्ब, ५ वर्षे नागरिक वचतपत्र रु २ अर्ब र वैदेशिक रोजगार वचतपत्रबाट रु ५० करोड ऋणपत्र निष्कासन गर्ने भएको छ ।

यस्तै चालु आवको पहिलो त्रैमाश साउनदेखि असोजसम्म रु ५७ अर्ब ५४ करोड आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुहोस्

के होलान ३५ वर्षपछि जलविद्युत आयोजनाहरु ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको