Like us!
Follow us!
Connect us!
Watch us!

संसदीय समितिलाई अटेर गरेको भन्दै लेखा समितिमा ऊर्जा मन्त्री र सचिवको चर्को आलोचना

बुधबार, ०४ असोज २०७४, १६ : ५९ मा प्रकाशित

संसदीय समितिलाई अटेर गरेको भन्दै लेखा समितिमा ऊर्जा मन्त्री र सचिवको चर्को आलोचना

अर्थ संसार, काठमाडौँ– संसदीय समितिलाई अटेर गरेर ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही र ऊर्जा सचिव अनुपकुमार उापध्याय विदेश लागेको भन्दै चर्को विरोध भएको छ ।

संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा विवादास्पद चिनियाँ कम्पनीलाई हचुवाको भरमा बुढीगण्डकी जलविद्युत् आयोजना दिइएको भन्दै छलफलका लागि ऊर्जा मन्त्री र ऊर्जा सचिवलाई आमन्त्रण गरिएको थियो ।

समितिका महत्वपूर्ण विषयमाथि छलफल हुने कार्यसूची भएपनि मन्त्री र सचिव नै विदेश हिडेपछि समितिका सदस्यहरुले चर्को आक्रोश पोखेका हुन् ।

त्यसरी आक्रोश पोख्नेमा सत्तारुढ दलकै सांसद बढी रहेका छन् । नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले बुढीगण्डकी जलविद्युत् आयोजनामा चरम भ्रष्टाचार भएको दावी गरे । उनले विवादास्पद चिनियाँ कम्पनीसँग गरिएको सम्झौता खारेजीको माग गरे ।

कामचलाउ सरकार र कर्मचारीसँग विदाबारी भइसकेका तत्कालीन ऊर्जा मनत्री जनार्दन शर्माले सार्वजनिक खरिद ऐनको  प्रावधान विपरित गएर चिनियाँ कम्पनी गेजुवासँग सम्झौता गरेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए ।

मन्त्री र सचिव ले नै अटेर गरेको भन्दै समितिले आगामी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन ऊर्जाम नत्री जनार्दन शर्मा, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई बोलाएर स्पष्टिकरण लिने भएको छ ।

समितिलाई जानकारी नै नदिइ विदेश उडेको विषयमा सांसदहरुले चर्को विरोध गरेका थिए । समिति सभापति बुढीगण्डकी जलविद्युत् आयोजनामा अनियमितता भएको भन्ने सर्वत्र चर्चा परिचर्चा भउकाले छलफलका लागि मनत्री र सचिवलाई बोलाउँदा अटेर गरेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको